नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, पीआरओआर आयोजनाको ४५०० मेगावाटसम्मको गरिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद बिक्री सम्झौता (पीपीए)का लागि आह्वान गरेको छ । प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) दुवै प्रकृतिका जलविद्युत् आयोजनाका लागि पीपीए खुलाएको हो ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै नदी  प्रवाहमा आधारित आयोजनाबाट ६ हजार ७५० मेगावाट र अर्धजलाशययुक्त आयोजनाको लागि ४ हजार ५०० मेगावाट नपुगेसम्म पीपीए गर्ने जनाएको छ ।

प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम रहेका  प्रबद्र्धकहरुलाई आवेदन दिन आह्वान गरेको हो ।

प्राधिकरणले यसअघि पीपीए प्रक्रियामा रहेका पबद्र्धक कम्पनी र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रबद्र्धक कम्पनीलाई पीपीएका लागि आह्वान गरेको हो ।

इच्छुक प्रबद्र्धकहरुले आजको ३५ दिन भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ । प्रक्रिया नपुर्याइ आवेदन दिए रोल क्रममा रहेका अन्य आयोजनाको पीपीए प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ४ वर्षपछि गत माघमा आरओआरमा आधारित १५०० मेगावाट बराबरको आयोजनाको पीपीए खुलाएको थियो । ऊर्जा व्यवसायीले १० हजार मेगावाट बराबर आयोजनाको पीपीए खुलाउन माग गर्दै आएका छन् ।

चालु वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण Read Previous

चालु वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो