चालु वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक भएको विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेटमा यस्तो प्रक्षेपण गरिएको हो ।

पछिल्लो समय आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रमा सुधार आउनु, राष्ट्र बैंकले मौद्रिक नीति विस्तारै खुकुलो बनाउँदै लैजानु जस्ता कारणले चालु आवमा आर्थिक वृद्धिदरमा सुधार हुने विश्व बैंकले बताएको छ ।

विश्व बैंकले चालु आवमा नेपालको कृषि क्षेत्रको वृद्धि २.१ प्रतिशत, उद्योगको वृद्धिदर ३.२ प्रतिशत, सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतमा सीमित भएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

दक्षिण एसियाका कुन देशको आर्थिक वृद्धि कति ?

चालु वर्षमा दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धिदर औसतमा ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको ६.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

त्यस्तै, बंगलादेशको ५.६ प्रतिशत, माल्दिभ्सको ५.२ प्रतिशत, भुटानको ४ प्रतिशत, श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

प्रधानमन्त्रीसँग एमसीसीका प्रमुख कार्यकारी अधिृकतको भेट Read Previous

प्रधानमन्त्रीसँग एमसीसीका प्रमुख कार्यकारी अधिृकतको भेट

नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, पीआरओआर आयोजनाको ४५०० मेगावाटसम्मको गरिने Read Next

नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, पीआरओआर आयोजनाको ४५०० मेगावाटसम्मको गरिने