सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको असोज १५ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । सो लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते १२ औं वार्षिक साधारण सभा बोलाएको हो।

सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुकक्लोज तोकेको छ । सो अनुसार असोज २२ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवासाय, कृषिमा छैन आकर्षण Read Previous

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवासाय, कृषिमा छैन आकर्षण

ठेक्का लिएर काम नगर्ने डेढ दर्जन कम्पनी कालोसूचीमा (सूचीसहित) Read Next

ठेक्का लिएर काम नगर्ने डेढ दर्जन कम्पनी कालोसूचीमा (सूचीसहित)