काठमाडौं । ठेक्का सम्झौता अनुसार काम नगर्ने थप डेढ दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ठेक्का लिएर काम अलपत्र पार्ने २० कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।
कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार एम/एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, एमरएस शंकरमाली निर्माण सेवा, एम/एस सुनौला खिम्ती कन्सट्रक्सन, एम/एस सिपल हैदरावाद, साफबोन वाटर सर्भिस साङघाइ, आईएसजी इन्फरमेसन सर्भिस ग्रुप र आर्भण अन्सट्रक्सन ३ वर्षका लागि कालोसूचीमा परेका छन् । चितवन रहेका छन् ।
त्यस्तै, शिवालय बिल्डर्स मकवानपुर, स्काई बिल्डर्स प्रालि, वाइवा एण्ड लामा कन्सट्रक्सन र जानकी निर्माण सेवा जनकपुर दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।
त्यसैगरी, नागार्जुन कन्सट्रक्सन, शंकरमाली निर्माण सेवा, रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन, तीइभू निर्माण सेवा रोल्पा, कश्यप निर्माण सेवा, भिजनरी प्रालि ग्वार्को, सैपाल अटोमोबाइल्स डडेलधुरा, ग्रिन वल्र्ड कन्स्ट्रक्सन र जयस कन्स्ट्रक्सन १ वर्षका लागि कालोसूचीम परेका छन् ।
कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।