म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।

महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।

अख्तियारद्वारा १ वर्षमा ७६६ विरुद्ध मुद्दा दायर, पौने २ अर्ब बिगो दाबी Read Previous

अख्तियारद्वारा १ वर्षमा ७६६ विरुद्ध मुद्दा दायर, पौने २ अर्ब बिगो दाबी

दुई पटक म्याद थप्दा पनि सकिएन संघीय संसद् भवन निर्माण, फेरि म्याद थप्ने तयारी Read Next

दुई पटक म्याद थप्दा पनि सकिएन संघीय संसद् भवन निर्माण, फेरि म्याद थप्ने तयारी