पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २१५ बढाएको थियो । चाडवाडकै मुखमा पेट्रोलियय पद्धार्थको मूल्य वृद्धि गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले मूल्य वृद्धि फिर्ता लिएको हो ।

सीजीनेटको 'ह्याट्रिक दक्षिणा' क्याम्पेन सार्वजनिक Read Previous

सीजीनेटको 'ह्याट्रिक दक्षिणा' क्याम्पेन सार्वजनिक

सुन तस्करी बारे छानबिन गर्न सरकारद्वारा उच्चस्तरीय आयोग गठन Read Next

सुन तस्करी बारे छानबिन गर्न सरकारद्वारा उच्चस्तरीय आयोग गठन