सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ ।

नजिकिँदो दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।

सीजी डिजिटल र सीजीनेट बीचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राउने छन् । साथै योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२ हजार ८५९ पर्ने ४३ इन्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट प्लस आइपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् ।

यो वास्तविक मूल्यको आधा रहेको कम्पनीको भनाइ छ । त्यसैगरी ३२ इन्चको सीजी स्मार्ट टीभी, २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट प्लस आइपीटीभीको ५० एमबीपीएस सुविधा पाउने छन् ।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउने छन् ।

सीजीनेटले हालै आफ्ना सेवाहरु पोखरा, विराटनगर, इँटहरी, धरान र वीरगंज लगायत प्रमुख सहरमा विस्तारित गरेको छ । यसअघि कम्पनीको सेवा हेटौंडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ ।

 

१३ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Previous

१३ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने Read Next

पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने