काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै १४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा लगातार घटेको आज तेस्रो दिन हो । तीन दिनमा २६०० रुपैयाँले घटेको छ ।
यसैगरी, बिहीबाार तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । बुधबार तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएके थियो ।
आज चाँदीको भाउ पनि घटेकेो छ । बिहीबार तोलामा १५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपालमा पनि भाउ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७४.२३ डलरमा छ ।