आइपीओको भाउमै अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । अपि पावर कम्पनीले असोज १७ गतेदेखि झन्डै १२ लाख कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म बिक्रीमा ल्याएको ४० प्रतिशत हकप्रदमध्ये नबिकेको ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमार्फत बेच्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बिक्री भएको थियो । बाँकी अवितरित हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको हो ।

कम्पनीको लिलामी सेयरमा असोज १७ गतेदेखि २४ गतेसम्म गोप्य शिलबन्दीमार्फत बोलपत्र आवेदन दिन सकिनेछ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाइ आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्ग–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड Read Previous

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ६ प्रतिशत मात्रै बाँकी Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ६ प्रतिशत मात्रै बाँकी