नेपाल आयल निगमले पनि आइपीओ जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधरणमा सेयर (आइपीओ) जारी गर्ने भएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो जानकारी दिएका हुन् ।

उनले निगम सर्वसाधरणका लागि सेयर जारी गर्ने तयारीमा रहेको बताए । सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आइपीओ जारी गर्ने लागेको उनले बताए ।

धितोपत्र निष्काशन नियमावली अनुसार लगातार २ आर्थिक वर्षमा नाफामा गएको कम्पनीले मात्रै आइपीओ ल्याउन पाउने भएकाले आइपीओ जारी गर्न समय लागेको उनले बताए ।

अन्तराष्ट्रिय बजारमा भएको तेलको मूल्य वृद्धि र स्वचालित मूल्य प्रणाली लागू नगर्दा निगम विगतका वर्षहरुमा लगातार घाटामा रहेको थियो ।

गत वर्षदेखि मात्रै नाफा कमाउन थालेको निगम चालु आवमा पनि नाफामा जाने प्रक्षेपण छ । निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगम अलिकति भए पनि नाफामा गएको कार्यकारी निर्देशक थानीले बताए ।

नेपालमा १०० बढीका भारु प्रतिबन्धित छ, प्रयोग नगर्नू : राष्ट्र बैंक Read Previous

नेपालमा १०० बढीका भारु प्रतिबन्धित छ, प्रयोग नगर्नू : राष्ट्र बैंक

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति Read Next

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति