नेपालमा १०० बढीका भारु प्रतिबन्धित छ, प्रयोग नगर्नू : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा ठूला भारु नोट प्रयोग नगर्न आग्रह गरेको छ । मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा भारतीय १०० रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको जानकारी गराएको हो ।

‘नेपालमा भारतीय रुपैयाँ १०० दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ,’ राष्ट्र बैंकद्धारा जारी सूचनामा भनिएको छ ।

यस्तै, राष्ट्र बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा ५ हजार अमेरिकी डलर बराबरका भारु मात्रै लैजान र ल्याउने पाउने जनाएको छ । सोभन्दा बढी रकम ल्याउनु/लग्नु परेमा भन्सारमा घोषणा गर्नुपर्दछ ।

भारत भ्रमणका लागि भारतीय रुपैयाँ २५ हजारसम्म नगद र औषधोपचारको लागि भारतीय रुपैयाँ ५० हजारसम्म नगदको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय रुपैयाँ २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेञ्जरबाट पनि लिनु पर्नेछ ।कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

म्याद गुज्रेको सामान बेच्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई १ लाख जरिवाना Read Previous

म्याद गुज्रेको सामान बेच्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई १ लाख जरिवाना

नेपाल आयल निगमले पनि आइपीओ जारी गर्ने Read Next

नेपाल आयल निगमले पनि आइपीओ जारी गर्ने