अब वैदेशिक रोजगारीबाट फर्कने यात्रुले जत्रो टीभी ल्याए पनि भन्सार तिर्नु नपर्ने

काठमाडौं । अब वैदेशिक रोजगारीबाट फर्केका नेपालीले जत्रोसुकै टेलिभिजन ल्याए पनि भन्सार शुल्क नलाग्ने भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १ वर्ष विदेशमा काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नुपर्दैन छ ।

तर, लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका व्यक्तिले भने ३२ इन्चसम्मको टीभी मात्र ल्याउन पाउने छन् । सोभन्दा बढी इन्चको टीभी ल्याएमा भन्सार शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ । हाल विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरेको बाहेक एक थान मोबाइल र महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सुन ल्याउँदा पनि भन्सार शुल्क तिर्नुपर्दैन ।

असोज ११ देखि १५ गतेसम्म काठमाडौंका यी सडकमा सवारी चलाउन रोक Read Previous

असोज ११ देखि १५ गतेसम्म काठमाडौंका यी सडकमा सवारी चलाउन रोक

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अष्ट्रेलिया Read Next

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अष्ट्रेलिया