असोज ११ देखि १५ गतेसम्म काठमाडौंका यी सडकमा सवारी चलाउन रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको बेला काठमाडौंका विभिन्न सडकमा सवारी साधन चलाउन रोक लगाउने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले असोज ११ गतेदेखि १५ गतेसम्म इन्द्रजात्रा हुने रुटमा सवारीसाधन संचालन निषेध गरिएको जानकारी गराएको हो ।

 

वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

महानगरका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

त्यस्तै, असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

त्यसैगरी, असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ ।

 

अब पाथीभरामा तीर्थयात्रीको गणना ‘सीसी क्यामेरा’बाट हुने Read Previous

अब पाथीभरामा तीर्थयात्रीको गणना ‘सीसी क्यामेरा’बाट हुने

अब वैदेशिक रोजगारीबाट फर्कने यात्रुले जत्रो टीभी ल्याए पनि भन्सार तिर्नु नपर्ने Read Next

अब वैदेशिक रोजगारीबाट फर्कने यात्रुले जत्रो टीभी ल्याए पनि भन्सार तिर्नु नपर्ने