काठमाडौंमा १०० बढी स्टार्टअप र इनोभेसनको प्रदर्शनी हुँदै, प्रवेश निःशुल्क

काठमाडौं । यही असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ । लिभिङ विथ आइसीटीको मुख्य आयोजनामा हुने उक्त प्रदर्शनी काठमाडौंको बानेश्वर बैंकुटमा हुने भएको हो ।

उक्त कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरूले सहभागीता जनाउनेछन । उक्त फेस्टमा १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी हुनेछ ।

आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ । आइसिटी अवार्ड २०२३ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्ने छन् ।

यसैगरी, आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङ सहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आइसिटीको अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममा प्रदर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । दुई दिने प्रदर्शनीसँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ ।

यस कार्यक्रम मार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमको लागि आह्वान गरेको छ । आइसीटी अवार्ड २०२३ को नोमिनेशन र छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन ।

अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न १३ विधामा ५०० बढिको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।

नेपाल वाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको आठौं सस्करण पुस ६ गते द सोल्टी काठमाण्डौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डको लागि दर्जनौ प्रि–इभेन्टहरु सञ्चालन हुनेछन ।

नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

पर्यटन व्यवसायमा बाधक बन्दै सडक, सौराहमा सिजनमै घटे पर्यटक Read Next

पर्यटन व्यवसायमा बाधक बन्दै सडक, सौराहमा सिजनमै घटे पर्यटक