काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा कोषको २५ प्रतिशत अर्थात् १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।