सुन आयातको कोटा दोब्बर बनाइयो, अब दैनिक २० केजी ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा दोब्बरले बढाएको छ । राष्ट्र बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले सुन आयातको कोटा बढाउने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा दोब्बर बनाएको हो । राष्ट्र बैंकले हाल वाणिज्य बैंकहरुलाई दैनिक १० केजी सुन आयातको अनुमति दिएकोमा अब दैनिक २० केजी ल्याउन पाउने भएका हुन् ।

यद्यपि, राष्ट्र बैंकले सुन आयोतको कोटा बढाइएको बारे परिपत्र भने गरेको छैन । राष्ट्र बैंकको सकुर्लरपछि मात्रै सो निर्णय कार्यान्वयनमा आउने छ । सुनको कोटा बढाइएको परिपत्र सम्भवत आजै जारी हुनसक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते एक परिपत्र गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्दा बजारमा सुनको अभाव भएको र अवैध सुनको कारोबार बढेको भन्दै व्यवसायीले कोटा बढाउन माग गर्दै आएको थिए ।

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले उठाए आर्थिक विकासदेखि जलवायु परिवर्तनको विषय Read Previous

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले उठाए आर्थिक विकासदेखि जलवायु परिवर्तनको विषय

एनआइसी एशियाले दशैं अघि नै लाभांश बाँड्ने, बोलायो साधरण सभा Read Next

एनआइसी एशियाले दशैं अघि नै लाभांश बाँड्ने, बोलायो साधरण सभा