काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
बैंकले असोज २८ गते २६ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २९ प्रतिशत बोनस र कर तिर्न १.५२ प्रतिशत गरी ३०.५२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।
त्यसैगरी, बैंकले सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।