१४.२ किलो बढीको सिलिण्डर बेचे उद्योगको कारोबार निलम्बन गर्ने निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ ।

केही ग्यास उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४.२) अनुसार ग्यास बिक्री नगरेमा तथा निमगको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो ।

निगमले १४.२ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निमगले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

असोज १४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै सोनापुर मिनरल्स Read Previous

असोज १४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै सोनापुर मिनरल्स

बढ्दै कर्जाको माग, भदौमा २० महिना यताकै धेरै ऋण लगानी Read Next

बढ्दै कर्जाको माग, भदौमा २० महिना यताकै धेरै ऋण लगानी