ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबलमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

उनीसंग बैंकिङ क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस संचालनका लागि धमाधम बन्दै 'डेडिकेटेड लेन' Read Previous

सूर्यविनायक-रत्नपार्क द्रुत बस संचालनका लागि धमाधम बन्दै 'डेडिकेटेड लेन'

हुलाकी राजमार्ग भरतपुरखण्ड : २ वर्षमा सक्नुपर्ने काम ३ वर्षमा पनि आधा मात्रै पूरा Read Next

हुलाकी राजमार्ग भरतपुरखण्ड : २ वर्षमा सक्नुपर्ने काम ३ वर्षमा पनि आधा मात्रै पूरा