चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफाको बृद्धिदरमा केही कमी आएको देखिएको छ । तर पनि केही बैंकहरुले नाफा राम्रोसँग नबढाएका पनि होइनन् । हाम्रो बैंकको नै गत वर्षको पहिलो त्रैमासको भन्दा १ सय प्रतिशतले नाफा बढेको छ । यद्यपी समग्रमा बैंकहरुको नाफाको बृद्धिदरमा भने कमी आएकै हो ।
केही वर्षअघि बैंकहरुको पूँजी बढाएपछि उनीहरुलाई त्यही अनुरुप नाफा बढाउने बाध्यता थियो । त्यसैले उनीहरुले अली बढी आक्रामक भएको व्यवसाय विस्तार गरे, जसले नाफामा ह्वात्तै बृद्धि देखियो पनि । स्प्रेड दर आदि विषयमा राष्ट्र बैंकको नीति पनि खुकुलो नै थियो ।
किन घट्यो बैंकहरुको नाफाको बृद्धिदर ?
अहिले स्प्रेड दरको सुत्र परिर्वतन भएको छ । सेवा शुल्कहरुमा पनि केही सम्झौता गर्नुपर्ने अवस्था आएको छ । समग्र व्यवसायीक क्षेत्र नै अलि सुस्त देखिन्छ । ऋण आवेदन दिँदा आन्तरिक राजश्व विभागको वेभसाइट मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । दोहोरो वासलात बनाउने कामलाई निरुत्साहित गरिएको छ । यसले लगानीकर्ताहरु उत्साहित नभएको जस्तो देखिएको छ । व्यवसायीक ऋणको माग थोरै घटेको छ । निक्षेपको पनि बृद्धिदर घटेको छ ।
हाम्रो अपेक्षामा पनि अलि समस्या छ । बैंकिङ पनि व्यवसाय हो । यो पनि तल माथि हुन्छ । संसारमा कुनै पनि व्यवसाय सधैं २०-३० प्रतिशतले बृद्धि हुन संभव छैन । तर, हामी सधैं एकनाशले व्यवसाय, नाफा र लाभांशमा बृद्धि खोजिरेहका छौं ।
अन्य कुरामा त खासै परिर्वतन आएको छैन । सामान्य नै छ । अघिल्लो वर्ष जस्तै छ । बजेट खर्च, पूँजीगत खर्च आदि सदा झैं अपेक्षित रुपमा हुन सकेको छैन । संघीय सरकारहरुको बजेट पनि ‘फ्रिज’ नै भएको अवस्था छ ।
फेरी हाम्रो अपेक्षामा पनि अलि समस्या छ । बैंकिङ पनि व्यवसाय हो । यो पनि तल माथि हुन्छ । संसारमा कुनै पनि व्यवसाय सधैं २०–३० प्रतिशतले बृद्धि हुन संभव छैन । तर, हामी सधैं एकनाशले व्यवसाय, नाफा र लाभांशमा बृद्धि खोजिरेहका छौं ।
निजी क्षेत्रको पनि व्यवसाय अलि सुस्ताएकै छ । अटो क्षेत्रको व्यवसाय पनि ठूलै गिरावट आएको छ । सेयर बजारका सूचकहरु पनि उत्साहजनक छैनन् । नयाँ कम्पनीहरुले आइपीओ जारी गर्दा समेत नबिक्ने अवस्था छ । त्यसैले, आमलगानीकर्ताको विश्वासमा कमी आएको हामी बैंकरहरु लगायत आममानिसहरुले पनि देखेको अवस्था हो । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुको पनि बृद्धि स्थिर हुँदै गएको छ, जुन स्वभाविक नै हो ।
अघिल्ला वर्षहरुमा बैंकको सीसीडी अनुपातमा दशैं तिहार लगत्तै चाप पर्न शुरु भइहाल्थ्यो । तर, यो वर्ष त्यस्तो अवस्था छैन । सीसीडी रेसियो सहज अवस्था मै छ । बैंकहरु ऋण दिन सक्ने अवस्थामै छन् । तर, माथी पनि उल्लेख गरियो, व्यवसायीक ऋणको मागमा आएको कमीले यस्तो अवस्था आएको हो । अनी व्यवसायीक ऋणाको मागमा किन कमी आयो भन्ने पनि मैले माथी नै भनिसकें ।
पूँजी बृद्धि पश्चात बैंकहरुको व्यवसायीक क्षमता बढेको छ । हाल ३० खर्ब ऋण दिइरहेको नेपालको बैंकिङ क्षेत्रले ३८–४० खर्ब ऋण दिने क्षमता राख्छ अहिलेको पूँजीको आकारले । त्यसैले भोक कम भएको छैन । रोटी नपाएर अहिले अलि सुस्ताएको मात्र हो ।
तर, म यसको पक्षमै छु । हामी सधैं बदमाशी गरिराख्नुपर्छ, कर छलिराख्नुपर्छ भन्ने कुरा हुँदैन । यस्तो क्रियाकलापलाई त निरुत्साहित गर्नैपर्छ । बरु करका दरहरुमा परिवर्तन गर्न सकिन्छ भने गर्दा हुन्छ । केही ‘इन्सेन्टिभ’ दिन सकिन्छ भने दिँदा हुन्छ । तर, मैले कर छल्न पाउनुपर्छ भन्ने कुरा त मान्न सकिन्न ।
कर्जाको माग कम भएपछि ब्याजदरमा कमी आउला त ?
अब कर्जाको माग कम भएपछि ब्याजदरमा केही कमी आउँछ की भन्ने कुरा आएको छ । मलाई त्यस्तो लाग्दैन । मैले पहिले पनि यो ब्याजदरको चक्र दुईचार वर्ष जान्छ भनेको थिएँ । अहिले पूँजी बृद्धि पश्चात बैंकहरुको व्यवसायीक क्षमता बढेको छ । हाल ३० खर्ब ऋण दिइरहेको नेपालको बैंकिङ क्षेत्रले ३८–४० खर्ब ऋण दिने क्षमता राख्छ अहिलेको पूँजीको आकारले ।
त्यसैले भोक कम भएको छैन । रोटी नपाएर अहिले अलि सुस्ताएको मात्र हो । अहिले तत्कालको लागि ऋणको माग अलि कम भएकै कारणले ब्याजदर घट्न शुरु गर्छ भन्ने चाँही मलाई लाग्दैन । नेपाली बैंकिङ क्षेत्रले पूर्ण क्षमतामा काम गर्न बाँकी नै छ ।
त्यसपछि एक डेढ वर्षमा सबै सामान्य होला । सामान्य हुनु भनेको के हो भने अलि पुराना र ठूला बैंकको मुद्दति निक्षेपको दर ५/६ प्रतिशत, अलि नयाँ वा विकास बैंकको ७/८ प्रतिशत भएको अवस्था हो । विगतको सहज अवस्थामा पनि यसै त थियो नी । अहिले त जबरजस्ती बाँधेर मात्र उस्तै दरमा आएका हुन् सबै । बाघ र फ्याउरोको पुच्छर बाँधेर सधैं सँगै दाैडाउन सकिदैन ।