समिटले ल्यायो १८ सिटको नयाँ जहाज

काठमाडौं । निजी क्षेत्रको विमान सेवा प्रदायक कम्पनी समिट एयरले नयाँ जहाज भित्र्याएको छ।चेक गणतन्त्रको एलइटी कम्पनीद्धारा निर्मित दुई इञ्जिन भएको १८ सीटे क्षमताको ‘नाइन–एन एल ४१०’ जहाज बिहीबार काठमाडौं आइपुगेको हो ।

 

दुर्गम जिल्लाका धावनमार्ग सानो भएका विमानस्थलमा उडान गर्न सजिलो हुने मानिएको उक्त जहाज नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पूरा गरेर छिटै सञ्चालनमा ल्याइने एयरलाइन्सले जनाएको छ ।

 

नयाँ जहाज लुक्ला र डोल्पा लगायत पहाडी तथा हिमाली क्षेत्रको उडान रूटमा चलाउने योजना रहेको समिटले जनाएको छ ।

 

हाल समिटले पोखरा, सुर्खेतलाई, फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ, सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।

कर छल्ने व्यवसायीलाई कारवाही गरिने Read Previous

कर छल्ने व्यवसायीलाई कारवाही गरिने

अर्थतन्त्र सुधारोन्मुख : आयात १० प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढ्यो Read Next

अर्थतन्त्र सुधारोन्मुख : आयात १० प्रतिशतले घट्दा निर्यात १४ प्रतिशतले बढ्यो