रुसले सम्झौता तोडेपछि नयाँ बाटो हुँदै युक्रेन पुगे खाद्यान्न ओसार्ने पानीजहाज, २० हजार टन गहुँ ल्याउने

किएभ । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।

युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो ।

टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्रेन र रुसबीच ब्ल्याक सीबाट अन्न आपूर्ति गर्ने सम्झौतालाई दुई महिनाअघि रुसले एकतर्फीरूपमा समाप्त भएको घोषणा गरेपछि स्वतन्त्ररुपमा नागरिक जहाज युक्रेनी बन्दरगाहमा पुगेको यो पहिलो पटक हो ।
पहिले यो बाटो युक्रेनबाट प्रस्थान गर्ने जहाजहरूले मात्र प्रयोग गर्दै आएका थिए । ब्ल्याक सीको तटबाट किएभले नयाँ मार्गमा जहाज सञ्चालनलाई प्राथमिकता दिएको छ ।

पश्चिामा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । गत साताको प्रारम्भमा ओडेसाको युक्रेनी बन्दरगाहमा रोकिएका जहाजलाई लक्ष्य गरी रुसले आक्रमण गरेको आरोप बेलायतले लगाएको छ ।

करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्व बजारमा पु¥याउन कठिन भएको थियो । पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्योभने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सृजना भयो । युक्रेन युद्धबाट अफगानिस्तान, यमन, सुडान र इथियोपिया लगायतका यी केही देशमा परिचालन गरिने मानवीय सहायताका कार्यक्रम पनि प्रभावित भएका छन् ।

मस्कोले युक्रेनी बन्दरगाह पूर्वाधारलाई आक्रमाणको निशाना बनाउँदै आएको छ । उसले इज्मेल र रेनीको बन्दरगाहमा बारम्बार आक्रमण गरेको छ । विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने उद्देश्यका साथ मस्कोले अन्न निर्यात हुने स्थानमा आक्रमण गरेको आरोप किएभले लगाएको छ । लामो समयदेखिको खडेरीका कारण केन्यालगायत अफ्रिकी मुलुकमा खाद्यान्नको चरम अभाव हुन नदिन रुसले युक्रेनी अन्न निर्यातमा अवरोध गर्न नहुनेमा केी रुसी अधिकारीहरूले जोड दिएका छन् ।

हाइड्रोपावरको लाइसेन्स अवधि ४५ वर्ष पुर्‍याइँदै, यस्ता छन् विद्युत् विधेयकमा गरिएका व्यवस्था Read Previous

हाइड्रोपावरको लाइसेन्स अवधि ४५ वर्ष पुर्‍याइँदै, यस्ता छन् विद्युत् विधेयकमा गरिएका व्यवस्था

२५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेको इन्स्योरेन्सले पायो अनुमति Read Next

२५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेको इन्स्योरेन्सले पायो अनुमति