२५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेको इन्स्योरेन्सले पायो अनुमति

काठमाडौं । नेको इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल बीमा प्राधिकरणले नेकोलाई २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले उक्त हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते विशेष साधारण सभा पनि बोलाएको छ । नेकोको विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

उक्त प्रस्ताव विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ ।

नेकोको हाल चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको भने २५ प्रतिशत हकप्रद निष्काशनपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

रुसले सम्झौता तोडेपछि नयाँ बाटो हुँदै युक्रेन पुगे खाद्यान्न ओसार्ने पानीजहाज, २० हजार टन गहुँ ल्याउने Read Previous

रुसले सम्झौता तोडेपछि नयाँ बाटो हुँदै युक्रेन पुगे खाद्यान्न ओसार्ने पानीजहाज, २० हजार टन गहुँ ल्याउने

बर्खा नसकिँदै मनाङमा पर्यटकको भीड  Read Next

बर्खा नसकिँदै मनाङमा पर्यटकको भीड