सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै आधा घट्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ ३१ गते बसेको बैठकले सेयरधनीलाई करसहित ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा झन्डै आधा कम हो । बैंकले सो आवमा ९ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

साढे ११ प्रतिशतसम्म पुग्यो निक्षेपको ब्याज, असोजमा कुनले बढाए, कुनले घटाए ? Read Previous

साढे ११ प्रतिशतसम्म पुग्यो निक्षेपको ब्याज, असोजमा कुनले बढाए, कुनले घटाए ?

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?