मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय) देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले सो आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित व्यावसायिक रुपमा विद्युत उत्पादन गरिहरहेको छ । यसको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ रहेको छ।

सानिमा बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो Read Previous

सानिमा बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो

ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १७ हजार बढीलाई कारबाही Read Next

ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १७ हजार बढीलाई कारबाही