सानिमा बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ २८ गते बसेको बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा ३.७२ प्रतिशत धेरै हो । सो आवमा बैंकले १०.९८ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सहकारीमा डुबेको जनताको पैसा कसरी फिर्ता गर्ने ? यस्ता छन् कार्यदलका दर्जन सुझाव Read Previous

सहकारीमा डुबेको जनताको पैसा कसरी फिर्ता गर्ने ? यस्ता छन् कार्यदलका दर्जन सुझाव

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो