सिट्रोनको गाडी किन्दा नगद छुट र बीमा फ्री, बुकिङ गर्दा २५ हजारको उपहार

काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्कीम २०८० सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमन्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्कीम सार्वजनिक गरेको हो ।

यस स्कीम अन्तर्गत सिट्रोन सीथ्री कार किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।

त्यसैगरी, सिट्रोनको विद्युतिय गाडी ई सीथ्री खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पाउने छन् ।

त्यस्तै, नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको पाउने छन् ।

साथै ग्राहकले नाडा अटो शो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म हुनेछ ।

प्रधानमन्त्रीलाई मन्त्रालयहरूले बुझाए रिपोर्ट कार्ड Read Previous

प्रधानमन्त्रीलाई मन्त्रालयहरूले बुझाए रिपोर्ट कार्ड

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?