एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ २७ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश दिनसक्ने क्षमता भए पनि आधा मात्र दिएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सिट्रोनको गाडी किन्दा नगद छुट र बीमा फ्री, बुकिङ गर्दा २५ हजारको उपहार Read Previous

सिट्रोनको गाडी किन्दा नगद छुट र बीमा फ्री, बुकिङ गर्दा २५ हजारको उपहार

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था