काठमाडौं । विद्युतीय गाडी वुलिङ एयर खरिदका लागि प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ ।
बैंक र नेपाली बजारमा विद्युतीय गाडी वुलिङ एयर बिक्री-वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेका हुन् ।
सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पान्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म सहज रुपमा कर्जा उपलब्ध गराउने छ ।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरियन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ ।