बैंकिङ क्षेत्रः निक्षेपको बृद्धिदर बढ्दै, कर्जाको बृद्धिदर भने घट्दै

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

 

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ प्रतिशत, ३५ प्रतिशत र ४६.२ प्रतिशत रहेको थियो ।

 

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.८ प्रतिशत रहेको छ । २०७५ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

 

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले बढेको थियो ।

 

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो ।

 

वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतलेबढेको छ ।

 

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको छ ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा ६.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.८ प्रतिशत, हायर पर्चेज कर्जा ०.४ प्रतिशत र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.२ प्रतिशतले घटेको छ ।

सूचक घट्दा पनि ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Previous

सूचक घट्दा पनि ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

विद्युत् उत्पादन बढाउनुस्, खपत गर्ने बजारको चिन्ता लिनुपर्दैन Read Next

विद्युत् उत्पादन बढाउनुस्, खपत गर्ने बजारको चिन्ता लिनुपर्दैन