लाइफ इन्स्योरेन्स कर्पोरेशनका सेयरधनीको हात रित्तै, लाभांश नदिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

इन्स्योरेन्स संचालक समितिको भदौ गते बसेको बैठकले उक्त वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले सेयरधनीलाई लाभांश नदिएको यो लगातार दोस्रो वर्ष हो । कम्पनीले आव २०७७/७८ मा पनि सेयरधनीलाई दिएको थिएन ।

यस्तै, सो बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।

 

फास्ट ट्रयाक : खाेकनामा ३०० रोपनी जग्गा अधिग्रहण गर्न उच्चस्तरबाट पहल Read Previous

फास्ट ट्रयाक : खाेकनामा ३०० रोपनी जग्गा अधिग्रहण गर्न उच्चस्तरबाट पहल

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय Read Next

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय