नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनका सेयरधनीको हात रित्तै, लाभांश नदिने Read Previous

लाइफ इन्स्योरेन्स कर्पोरेशनका सेयरधनीको हात रित्तै, लाभांश नदिने

टोखा-छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा, अर्थमन्त्री स्थलगत निरीक्षणमा Read Next

टोखा-छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा, अर्थमन्त्री स्थलगत निरीक्षणमा