नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार १० अंकले बढेको नेप्सेले लगातार दोस्रो दिन सुधार आउँदै ४४ अंकको छलाङ मारेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि डेढ महिनामै नेप्से झन्डै ३०० अंकले घटिसकेको छ । धेरै घटेपछि बजारले फेरि गति लिने भएकाले नेप्सेमा सुधार आएको लगानीकर्ता बताउँछन् ।

त्यस्तै, असोज महिनामा बैंकहरुले ब्याजदर घटाउने सम्भावना देखिँदा पनि लगानीकर्ता केही सम्हालिएका हुन् । अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न दिने भएको छ । सो अनुसार बैंकिङ प्रणालीमा तरलता थप सहज हुने र बैंकहरुले ब्याजदर घटाउने लगानीकर्ताको अपेक्षा छ ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४४ करोडले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.६५ प्रतिशतले बढेको छ ।

आज साल्ट ट्रेडिङको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

खानीखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Previous

खानीखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

मन्दीको असर : चाडवाडको सिजनमा पनि छैन व्यापार, सुनसान छ बजार Read Next

मन्दीको असर : चाडवाडको सिजनमा पनि छैन व्यापार, सुनसान छ बजार