खानीखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडहाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनी संचालक समितिको भदौ २४ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्काशन गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । प्रस्तावित हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रक्रिया अघि बढ्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्ने छ ।

सञ्चालन कार्यविधि नबन्दा २८ करोडमा बनेको सभागृह प्रयोगहीन Read Previous

सञ्चालन कार्यविधि नबन्दा २८ करोडमा बनेको सभागृह प्रयोगहीन

नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट