चीनको तेस्रो सहरमा हिमालय एयरलाइन्सको उडान शुरु

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले चीनमा आफ्नो उडान गन्तव्य संख्या तीन पुर्याएको छ । यस अघि चीनको बेइजिङ र गुइयाङ्मा उडान गर्दै आएको एअरलाइन्सले मध्ये चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा पनि उडान शुरु गरेको छ ।

 

हिमालयले बुधबार बिहान ११ः०३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्साका लागि पहिलो उडान भरेर गरिएको थियो।उक्त उडान चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९मा अवतरण भएको थियो।

 

चीनको सो विमानस्थलबाट बुधबार स्थानीय समय १८ः२८ मा फर्किएको उडान सोही दिन २१ः२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

 

हिमालय एयरलाइन्सको विमानले प्रत्येक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्छ र सोही दिन फर्किन्छ। एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट हुने यात्राबाट लाभ लिन बेइजिङ र गुइयाङबाहेक चीनका अन्य शहरमा काठमाडौंले अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताए।

 

काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने हिमालय एअरलाइन्सको विश्वास छ।

 

हिमालय एअरलाइन्स् नेपाल-चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो।

राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने Read Previous

राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने

सूचक घट्दा पनि ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Next

सूचक घट्दा पनि ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट