काठमाडौं । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।
टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालका लागि आधिकारिक वितरक रहको सिप्रदीले एकैसाथ उक्त दुई कार्यक्रम सम्पन्न गरेको हो ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिप्रदीले प्राविधिकहरूलाई आधुनिक प्रविधिको तालिम उपलब्ध गराउँदै हालसालै तीन दिन तालिम लिएका २५ जनलाई प्रमाणपत्र वितरण गरी सम्मान गरेको हो ।
सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्रै टाटा नेपालमा अटो क्षेत्रमा नम्बर एक रहेको बताए । उनले सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडि बढने गरको बताए ।
उनले खुद्रा बिक्रेताहरूको वित्तीय व्यवस्थापनको लागि सिप्रदीले नबिल बैंकसंग समझौता गरको बताए । उनले नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसंग सम्झौता गर्दै ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए ।
श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराजसंग समझौता गरि दराज मा उपलब्ध गराएको पनि जानकारी दिए ।
कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई बिभिन्न उपहारहरू प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे । यसैगरी, दुई जनाले आइफोन १४ प्रो, दुई जनाले एलईडी टेलिभिजन लगायत अन्य धेरैले उपहार प्राप्त गरे ।