हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओ सहरमा सिधा उडान सुरु गरेको छ ।

एयरलाइन्सले आज (आइतबार)देखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

हिमालयको जहाज आज बिहान ९ः१५ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिन्ताओका लागि उडेको छ । सो जहाज स्थानीय समय अनुसार जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।

पहिलो उडानमा १०० जना यात्रु रहेको एयरलाइनसले जनाएको छ । कम्पनीका अनुसार अब यस रुटमा साताको एक दिन हरेक आइतबार नियमित उडान हुनेछ ।

कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश जारी, हट्यो बजेट शून्यता Read Previous

कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश जारी, हट्यो बजेट शून्यता

बाँके निकुञ्ज क्षेत्रमा तीव्र गतिले बढ्दै सडक दुर्घटना, टाइम कार्ड लागू गर्न कठिनाइ Read Next

बाँके निकुञ्ज क्षेत्रमा तीव्र गतिले बढ्दै सडक दुर्घटना, टाइम कार्ड लागू गर्न कठिनाइ