कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश जारी, हट्यो बजेट शून्यता

विराटनगर । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गरेको छ । भदौ ११ गतेदेखि बजेट शून्यता रहेको प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएसँगै सरकारले पुनः बजेट अध्यादेश जारी गरेको हो ।

भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेट सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

कोशी प्रदेश सरकारले आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारले यसअघि नै ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै फेरि अध्यादेश जारी गरेको हो । कोशीमा चालु वर्षको बजेट सम्बन्धी अध्यादेश जारी गरेको यो दोस्रो पटक हो ।

अध्यादेश अनुसार चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याइएको छ । जसमा चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ छ ।

अफ्रिकी सङ्घले पायो जी २० को स्थायी सदस्यता Read Previous

अफ्रिकी सङ्घले पायो जी २० को स्थायी सदस्यता

हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू Read Next

हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू