सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से झन्डै २९ अंकले घटेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बराबरको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ ।

आज लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज शुभम पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने बाराही हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.७१ प्रतिशत गुमाएका छन् ।

 

१५ तथ्यांकमा देशको कृषि क्षेत्रको वास्तविक अवस्था Read Previous

१५ तथ्यांकमा देशको कृषि क्षेत्रको वास्तविक अवस्था

सिमेन्ट व्यापारमा चौधरी ग्रुप र अदानी ग्रुप बीच रणनीतिक साझेदारी Read Next

सिमेन्ट व्यापारमा चौधरी ग्रुप र अदानी ग्रुप बीच रणनीतिक साझेदारी