पशुपति क्षेत्र विकास कोषद्धारा वनकाली पार्किङको ठेक्का रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषद्धारा वनकाली ओरालो क्षेत्रमा संचालित पार्किङको ठेक्का रद्द गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो ।

उक्त पार्किङको ठेक्का पाएको तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालान नगरेको भन्दै कोषले ठेक्का रद्द गरेको हो । सम्झौता अनुसार मासिक ४ लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता बाँकी राख्नेको र अन्य थुप्रै नियम उलंग्घन गरेकाले ठेक्का रद्द गरिएको कोषले जनाएको छ ।

साथै, कोषले बाँकी बक्यौता एक महिनाभित्र उठाइसक्ने निर्णय गरेको छ । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्टको बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ ।

ठेक्का सम्झौता अनुसार बढीमा ३ महिनासम्मको भाडा तिर्न बाँकी राखेमा कोषले ठेक्का सम्झौता रद्द गर्न सक्ने उल्लेख छ । कोषको आर्थिक प्रशासन शाखाका अनुसार कम्पनीले कोषलाई ३४ लाख ७४ हजार ११९ रुपैयाँ भाडा बुझाउन बाँकी छ ।

रूसले चीनमा ग्यास पठाउन विशाल पाइपलाइन निर्माण गर्दै Read Previous

रूसले चीनमा ग्यास पठाउन विशाल पाइपलाइन निर्माण गर्दै

कृषक परिवार ४१ लाख ३० हजार पुगे, कृषि जमिनको क्षेत्रफल भने घट्यो Read Next

कृषक परिवार ४१ लाख ३० हजार पुगे, कृषि जमिनको क्षेत्रफल भने घट्यो