दराजले सुरू गर्‍यो ‘दराज लाइक न्यू’

काठमाडौं । नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यू (डीएलएन)को घोषणा गरेको छ । दराजले भदौ १९ गते काठमाडौंको हयात प्लेसमा आयोजित कार्यक्रमका बीच डीएलएनको सुरुआत गरेको हो ।

बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ यो नयाँ उद्यम सुरूआत गरिएको दराजले जनाएको छ ।

प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ । यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेका थिए ।

त्यसैगरी, डीएलएनको लागि दराज प्लेटफर्ममा विक्रेता तथा ‘सबको फोन’का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्‍याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्। ‘हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौंं,’ उनले भनिन् ।

दराज लाइक न्यूले बजारमा नयां परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ । यस पहलले ग्राहकहरूलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित देखिने कम्पनीको विश्वास छ ।

पथलैया-कमला सडक ४ लेनमा विस्तार सुरू, झन्डै ३१ हजार रुख काटिँदै Read Previous

पथलैया-कमला सडक ४ लेनमा विस्तार सुरू, झन्डै ३१ हजार रुख काटिँदै

ईभी चार्जिङ नेटवर्क निर्माणमा निजी लगानी ल्याउन पहल, यसो भन्छन् सरोकारवाला Read Next

ईभी चार्जिङ नेटवर्क निर्माणमा निजी लगानी ल्याउन पहल, यसो भन्छन् सरोकारवाला