त्रिभुवन विमानस्थलले किन्यो ५०० नयाँ ट्रली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ५०० वटा नयाँ  ब्यागेज ट्रली खरिद गरेको छ ।

हाल भएका अधिकांश ट्रली ब्रेक नलाग्ने र ट्रलीका कारण पटक पटक दुर्घटना हुने गरेको यात्रुको गुनासोलाई सम्बोधन गर्दै विमानस्थलले नयाँ ट्रली खरिद गरेको हो ।

कार्यालयले अन्तर्राष्ट्रिय आगमनतर्फ हाल खरिद गरिएका ५०० नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ। यसको सञ्चालनसँगै विगतमा यात्रुहरुले ट्रलीका बारेमा गर्ने गरेको गुनासोको सम्बोधन हुनेछ।

पुराना ट्रलीको लागि मर्मत पार्ट्स समेत दुई हप्तामा आइपुगेसँगै मर्मत गरी ट्रली अपुग भएको अवस्थामा प्रयोगमा लाइने विमान्स्थल प्रमुख प्रताप तिवारीले जनाएका छन ।

साथै, आगमनतर्फको आइएमएसद्वारा संचालित ट्रलीलाई समेत छिटो मर्मत गराउन निर्देशन दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

३ महिनाको माग धान्ने खाद्यान्न मौज्दात, खाना पकाउने ग्यास १५ दिनलाई पुग्ने Read Previous

३ महिनाको माग धान्ने खाद्यान्न मौज्दात, खाना पकाउने ग्यास १५ दिनलाई पुग्ने

थप ४ आयोजनाको बिजुली बेच्न भारतको अनुमित, अब यी १४ हाइड्रोको निर्यात हुने Read Next

थप ४ आयोजनाको बिजुली बेच्न भारतको अनुमित, अब यी १४ हाइड्रोको निर्यात हुने