ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो क्यास र चेक डिपोजिटर मेसिन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ ।

मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत् ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएको छ ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ ।

यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौं उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकाङ्क्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

उनले ग्लोबल आईएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेसिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए ।

वाइवाइको ब्रान्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त Read Previous

वाइवाइको ब्रान्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त

कृषिमा आत्मनिर्भर हुन सामूहिक र करार खेतीलाई प्रोत्साहन Read Next

कृषिमा आत्मनिर्भर हुन सामूहिक र करार खेतीलाई प्रोत्साहन