काठमाडौं । चौधरी ग्रुप (सीजी) अन्तर्गत सिजी कर्प ग्लोबलको सिजी फुड्सको नयाँ ब्रान्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त भएका छन् । सीजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाले उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सीजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीका लागि नामुद छ । उसको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।
नयाँ ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाइवाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा असाध्यै खुसी लागेको बताए।
‘वाइवाइको स्वाद यति गजबको छ कि यो संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ,’ अभिनेता खुरानाले भने, ‘वाइवाइ ब्रान्ड नेम नै काफी छ सीजीसँग जोडिनका लागि म वाइवाइको नामले तानिएको हुँ ।’
त्यसैगरी सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरूण चौधरीले बलिउड अभिनेता खुरानासँग वाइवाइका लागि सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए।
‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो। मलाई विश्वास छ खुरानासँगको सहकार्यले भारतमा वाइवाई ब्रान्ड नेम थप उचाइमा लैजान र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ चौधरीले भने, ‘भारत हाम्रा लागि एकदमै महत्त्वपूर्ण बजार हो। वाइवाईले भारतको चाउचाउ बजारको नेतृत्वदायी भूमिका खेल्न खुरानासँगको सहकार्यले उल्लेख्य सहयोग गर्ने विश्वास छ ।