‘वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा व्यवसायीले दुःख पाए’

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा उद्योगी व्यवसायीले दुःख पाइरहेको बताएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक बीच बीच सामन्जस्यता हुनुपर्ने भएपनि दुवै निकाय बीच आपसी सहकार्य नहुँदा उद्योगी व्यवसायीहरूले दुःख पाइरहेको बताएको हो ।

नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने नीतिहरू एक आपसमा समन्वय नहुँदा उद्योगी व्यवसायीहरूमा थप अन्यौलता सिर्जना भएको महासंघको भनाइ छ । अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम व्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरूले उचित कदम चाल्नु पर्ने अवस्था आएको महासंघले बताएको छ ।

तर, त्यसो नगरी राज्यका निकायहरूले उद्यम व्यवसाय धरासायी बनाउने, व्यवासयी व्यवसाय छोडेर पलायन हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले उद्योगी व्यवसायीका समस्या समाधानमा चासो नदिँदा धेरैजसो व्यवसायीहरू आफ्ना सटर बन्द गरेर बस्तु परेको स्थिति रहेको महासंघले बताएको छ । अहिलको व्यवसायीमैत्री नीति नियम बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा अझै झन्झटिलो र अव्यव्हारिक कर नीतिहरू अबलम्बन गर्दा अनौपचारिक अर्थतन्त्र मौलाउन पुगेको महासंघको ठहर छ । जसका कारण औपचारिक रुपमा प्रतिस्पर्धी कानूनको अधिनमा रहेर काम गर्ने उद्योगी व्यवसायीहरू समस्यामा परेका छन् भने यसले गलत कार्य गर्नेलाई प्रशय दिइरहेको संघले बताएको छ ।

तत्काल नीतिगत व्यवस्था एवं अवरोधपूर्ण कार्यमा सुधार ल्याई देशको अर्थतन्त्र चलायमान बनाइ अहिलेको जटिल परिस्थितिबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै तत्काल उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोष कदम नचाले चरणबद्ध रुपमा आन्दोलन गर्ने महासंघले जनाएको छ ।

 

कछुवाको गतिमा कोशी करिडोर, १५ वर्षमा आधा पनि काम सकिएन Read Previous

कछुवाको गतिमा कोशी करिडोर, १५ वर्षमा आधा पनि काम सकिएन

हेलो सरकार चौबिसै घण्टा सञ्चालन हुने, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने Read Next

हेलो सरकार चौबिसै घण्टा सञ्चालन हुने, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने