काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ६ लाख ९२ हजार ६१ जनाको हात रित्तो भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३२ देखि भदौ ४ गतेसम्म अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरले ७६ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक एसबीआइ मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ