बिगमार्टमा तरकारी र फलफूल किन्दा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १५% सम्म छुट पाइने

काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको हो ।

उक्त छुट अफर अन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्यूआर र नेपाल पे क्यूआर को अन्तर आबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्यूआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।

 

प्राधिकरणको एकाधिकार तोडिँदै, अब उद्योगले सिधै हाइड्रोसँग बिजुली किन्न सक्ने Read Previous

प्राधिकरणको एकाधिकार तोडिँदै, अब उद्योगले सिधै हाइड्रोसँग बिजुली किन्न सक्ने

पोखरामा तार भूमिगतको काम अति सुस्त, म्याद सकिन लाग्दा ५% भन्दा कम प्रगति Read Next

पोखरामा तार भूमिगतको काम अति सुस्त, म्याद सकिन लाग्दा ५% भन्दा कम प्रगति