जीवन बीमा कम्पनीको व्यवसाय ३० प्रतिशत बढ्यो, नेपाल लाइफको वर्चश्व कायमै

काठमाडौं । अर्थतन्त्रमा रहेको शिथिलताका बाबजूद जीवन बीमा कम्पनीकोहरूको व्यवसायमा उल्लेख्य सुधार आएकोछ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन गत वर्षको तुलनामा ३०.२१ प्रतिशतले बढाउन सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीमा कम्पनीले साउनमा १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ५४ करोड रुपैयाँ बढी हो । जीवन बीमा कम्पनीहरूले गत वर्ष कुल १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको संकटका कारण गत वर्ष बीमा कम्पनीको व्यवसाय र खुद नाफामा दबाब परेको थियो । अर्थतन्त्र र वित्तीय प्रणालीमा देखिएको समस्याका कारण कम्पनीहरूले व्यवसाय बढाउन सकेका थिएनन् । सोही कारण पछिल्ला वर्षहरूमा पोलिसी सरेन्डर गर्नेक्रम पनि तीव्र हुँदै गएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिना भएकाले नवीकरण गर्नेहरूको संख्या बढेको बीमा क्षेत्रका जानकारहरू बताउँछन् । साउनमा कम्पनीहरूले २ अर्ब २९ अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यो महिना कम्पनीले १७ अर्ब रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन् । पूँजी वृद्धिको दबाबमा परेका कमपनीहरू अहिले अर्थतन्त्र संकटको पनि सामना गरिरहेका छन् । जसको कारण व्यवसाय उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

नेपाल लाइफको वर्चश्व कायमै

जीवन बीमा क्षेत्रमा व्यवसायिक सफलता हासिल गरिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रिमियम संकलन गरेको छ । साउनमा यस कम्पनीले बीमा शुल्क ९.४ प्रतिशतले वृद्धि गरेर ५ अर्ब २२ कराड रुपैयाँ संकलन गरेको छ ।

जुन कुल बीमा व्यवसायको करिब एकतिहाई हिस्सा हो । दोस्रोमा राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले ५६५ प्रतिशतले बीमा शुल्क संकलन बढाएको हो ।

सन्नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९.६२ प्रतिशतले व्यवसाय घटेको छ । गत वर्ष ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष ३५ करोड रुपैयाँ संकलन गरेको छ ।

कुनले कति गरे प्रिमियम संकलन ?

साउनमा नेपाल लाइफले सबैभन्दा धेरै ५ अर्ब २२ करोड बीमा शुल्क संकलन गरेको छ भने सन नेपाल लाइफले सबैभन्दा कम ३५ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ ।

यस्तै, दोस्रो धेरै बीमा शुल्क संकलन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । गत वर्षको तुलनामा झन्डै ६ गुणाले व्यवसाय बढाएको यस कम्पनीले साउनमा ३ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

तीन कम्पनी मर्जर गरेर बनेको हिमालयन लाइफल १ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन १ अर्ब ९२ करोड, नेशनल लाइफ १ अर्ब ८० करोड र सूर्यज्योति लाइफले १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी, एशियन लाइफ ८२ करोड, सानिमा रिलायन्स ६६ करोड, सिटिजन लाइफ ५७ करोड, प्रभु महालक्ष्मी ५४, आइएमई ५२, मेटलाइफ ४९ र रिलायबल नेपालले ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

होटललाई उद्योगको मान्यता दिन माग Read Previous

होटललाई उद्योगको मान्यता दिन माग

कर्जामा गरिएको कडाइले निजी क्षेत्र असन्तुष्ट, ‘चालु पुँजी कर्जामा आशिंक माग पूरा’ Read Next

कर्जामा गरिएको कडाइले निजी क्षेत्र असन्तुष्ट, ‘चालु पुँजी कर्जामा आशिंक माग पूरा’