स्वीट्जरल्याण्डको प्रसिद्ध ‘मुभनपिक’ आइसक्रिम नेपाली बजारमा

काठमाडौं । स्वीट्जरल्याण्डको प्रसिद्ध मुभएनपिक आइसक्रिम नेपाली बजारमा उपलब्ध भएको छ। उक्त आइक्रिम केएल दुगड समूहले नेपाल भित्र्याएको हो ।

काठमाडौंको ठमेलस्थित ठमेल द कर्नरमा यसको पहिलो आउटलेट संचालनमा आएको छ । स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेन्टमा कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक स्वाद दिन्छ ।

यस आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्वीस मूलबाट आउँद छ। प्रत्येक स्कूपले स्वीट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउने कम्पनीको विश्वास छ ।

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा Read Previous

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

होटललाई उद्योगको मान्यता दिन माग Read Next

होटललाई उद्योगको मान्यता दिन माग