फेसबुकमा भ्रमपूर्ण सूचना प्रसारण गर्ने दुई मेनपावरको लाइसेन्स निलम्बन

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ ।

पूर्व स्वीकृति बिना सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना प्रसारण गरेकोभन्दै विभागले ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनलको लाइसेन्स निलम्बन गरेको हो ।

विभागको भदौ १२ गतेको निर्णण अनुसार दुवै मेनपावरको लाइसेन्स निलम्बन गरिएको हो । यी मेनपावरले पूर्वस्वीकृतिविना फेसबुकमा नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागले जनाएको छ ।

‘सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेशनल (इजाजतपत्र नम्बर १३५२।०७४।०७५) र आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न ओक्सन इन्टरनेशनल (इजाजतपत्र नं. ९८९।०६७।०६८) लाई विभागको मिति २०८०।०५।१२ को निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम उल्लिखित दुवै संस्थालाई निलम्बन गरिएको छ,’ विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसी राष्ट्रपति पुटिन 'जी २०' शिखर सम्मेलनमा भारत नआउने Read Previous

रुसी राष्ट्रपति पुटिन 'जी २०' शिखर सम्मेलनमा भारत नआउने

माण्डु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

माण्डु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन